बागलुङ, १७ असार
लियो क्लब अफ बागलुङ कालिका बर्ष २०२०/०२१ को लागि सन्देश बोगटीको अध्यक्षतामा नयाँ पदाधिकारी चयन भएको छ ।

वर्ष २०१९/२० को पदाधिकारीहरुले बुधबार नयाँ पदाधिकारीलाई पद हस्तान्तरण गरेको छन् । पद हस्तान्तरणपछि बोल्दै वर्ष २०१९/२० का अध्यक्ष बलराम कंडेलले नयाँ पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
वर्ष २०२०/०२१ को लागि अध्यक्षमा चयन गरेकोमा बोगटीले सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफुलाई उक्त पदको लागि योग्य मानेर अध्यक्षमा चयन गरेको बताउँदै आफ्नो कार्यकालमा थप सामाजिक कार्यहरु र नयाँ रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको लियो क्लब अफ बागलुङ कालिकाको वर्ष २०२०/०२१ को लागि बोगटीको अध्यक्षतामा १८ सदस्य नयाँ समिति गठन गरिएको छ । समितिको भाइस प्रेसिडेन्टमा रविन आचार्य, रामप्रसाद घिमिरे र भुमिराज आचार्यलाई चयन गरेको छ । यस्तै सचिवमा जनक सापकोटा, सहसचिव सोम शर्मा, कोषाध्यक्ष गोविन्द शर्मा, सहकोषाध्यक्षमा कृष्ण जिसीलाई चयन गरेको छ ।

व्र्ष २०१९/२० का अध्यक्ष बलराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको पद हस्तान्तरण कार्यक्रमको संचालन टेओ ट्विस्टर सोम शर्माले गर्नुभएको थियो । कार्यक्रममा लियो क्लबका एड्भाइजर शिव केसीले क्लबका पूर्व अध्यक्ष बलराम कंडेललाई लियो डिस्ट्रीक ३२५ बि एकका रिजन १ का रिजन को अर्डिनेटर हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here