
बागलुङ, १७ असार ।
बागलुङको काठेखोला गाउँपालिकाले काठेखोला गाउँपालिका–४ तंग्राम फापरखेतको पहिरो पीडित परिवारलाई नगद सहयोग गरेको छ ।
असार ६ गते गएको पहिरोले घर भत्किदा ज्यान गुमाएकी ३८ वर्षिय विमला पुनको परिवारलाई गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले घरमै पुगेर नगद हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाले आपतकालिन कोष मार्फत आर्थिक सहयोग गरेको कार्यपालिका सदस्य टिकासंगम विकले जानकारी दिनुभयो । असार ५ गते शुक्रबार रातीदेखि परेको पानीले शनिबार पहिरो गएको थियो ।









