करिब दुई हप्ता खानेपानी अबरुद्ध भएपछिः खानेपानी उपभोक्ता समिति र उपभोक्ता विच चर्काचर्की

अर्जुन कार्की
बागलुङ, १७ असार ।
बागलुङ बजार क्षेत्रमा करिब दुई सातादेखि खानेपानी नआए पछि मंगलबार खानेपानी कार्यालयमा गएका उपभोक्ता तथा सामाजिक अगुवा र समितिका पदाधिकारी विच चर्काचर्की भएको छ ।

बजार क्षेत्रमा खानेपानीको हाहाकार सिर्जना भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत आव्हान गरी नागरिक अगुवाहरुले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सोधखोजको लागि गएको थियो ।

खानेपानी किन नआएको ? कहिलेदेखि आउने ? संस्थाको साधारणसभा गर्न नसकेको, लेखा परीक्षण नभएको, साधारणसभाले दिएको निर्देशन अनुसार काम नभएको, पहिले भएका निर्णयमा मृत्यु भइसकेका व्यक्ति र कर्मचारीको हस्ताक्षर गरेर निर्णय पास गरेको लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सुरुवातमा नागरिक अगुवा तथा अभिवक्ता राम शर्माले कार्यालयमा आउनुको कारण र उपभोक्ताले समितिलाई चयन गरेर पठाए पनि बजारमा अनियमितता भएको र समितिलाई कर्मचारीले चलाएको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

शर्माको भनाइ पछि समाजिक अगुवा अशोक गोविन्द राजभण्डारी, रुद्र केसीले संस्थाले साधारणसभा गर्न नसकेको, आजिवन सदस्यता माग गर्दा नदिएको, घरघरमा पुगेर हस्ताक्षर गरेको, लेखा समिति गठन गर्न नसकेको, लेखा परीक्षकले दिएको सुझाव कार्यान्वयन नभएको, मृत्यु भएका व्यक्तिको हस्ताक्षर गरि निर्णय पास गरेको भन्दै कुरा उठाए पछि शान्त रुपमा प्रश्नहरुको उत्तर दिन सुरु गरेका संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सुरुवातमा पुरानो समितिले भिरमा पाइप राखेर पानी ल्याएको र अहिले उक्त स्थानमा पहिरो जाँदा पानी आउन नसकेको बताउनुभयो ।

उहाँले त्यसको लागि क्षमा माग्दै अहिले नेपाली सेनालाई आग्रह गरी खानेपानी कार्यालयका कर्मचारी र सेनाले संयुक्त काम गरेको र छिट्टै समाधान हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले साधारणसभा गर्ने, लेखा समिति गठन गर्ने भनेर बोल्दै गर्दा चित्त बुझ्दो उत्तर नआएको भन्दै पुन उपभोक्ताहरुले प्रश्न उठाएपछि उहाँले धनको घमण्ड नगरे हुन्छ भन्दै अस्लिल शब्द  ‘मु…’ भन्दै बाघले नचिन्या वन होइन वनले नचिन्या बाघ होइन भनेपछि अशोक गोविन्द राजभण्डारी विच चर्काचर्की प¥यो ।

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ

खानेपानी कहिले आउँछ भन्ने प्रश्न लिएर गएको नागरिक अगुवा र उपभोक्ता र संस्थाका समितिबीच चर्काचर्की सुरु भएपछि संस्थाका प्रबन्धक हिमाल शर्माले आफ्नो सानो कुरा राख्ने भन्दै कर्मचारीले समिति चलाएको आरोपमा कुनै सत्यता नभएका दावी गर्नुभयो ।

त्यसपछि उहाँले राम शर्मा र आफुले पहिले एउटै कार्यालयमा काम गरेको र त्यसमा आफु सिनियर रहेको भन्दै कुरालाई घुमाउन खोजेपछि अधिवक्ता शर्माले पहिलेसंगै काम गरेको र दुवै जनाको पद समान रहेको भन्दै पुरानो कुरा निकालेको र त्यसमा पनि झुट्टो बोलेको भन्दै खानेपानीको कुरामा उम्कन खोजेको बताउनुभयो ।

बजारमा खानेपानीको हाहाकार सिर्जना भएपछि समितिलाई कहिले पानी आउँछ भनेर सोध्न कार्यालय गएको उपभोक्ता र समिति विचको बैठक निश्कर्ष विहिन र आरोप प्रतिआरोपमा सकिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here