बागलुङमा स्कुटर दुर्घटना हुँदा २ जना घाईते

बागलुङ, १७ असार ।
बागलुङ नगरपालिका–१ गणेश घुम्तीमा आज विहान ध १ प ३४१९ नम्बरको स्कुटर दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

आज एकादशिको दिन कालिगण्डकी नदिमा स्नानको लागि जाँदै गर्दा दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ५५ बर्षिय जितबम मल्ल र उनकी श्रीमती ४६ बर्षिय जयन्ती मल्ल घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

दुवै जनालाई धौलागिरी अस्पताल बागलुङमा अत्यावश्यक उपचारपछि पोखरा रिफर गरिएको छ । ५५ बर्षिय जितबम मल्लको टाउकोमा चोट लागेको सिटिस्क्यानको लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here