
बागलुङ, १७ असार ।
बागलुङका थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिकाका १ जना महिला र बडिगाड गाउँपालिकाका २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज (बुधबार) विहान ८ जबेर २५ मिनेटमा विज्ञप्ती प्रकाशित गरि जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा जारी विज्ञप्ती अनुसार काठेखोला गाउँपालिकाका २९ बर्षिय महिला र बडिगाड गाउँपालिकाका २३ र ३६ बर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो ।
यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या १ सय ९७ पुगेको छ । त्यसमध्ये ९२ जना निको भएर घर फर्किएका छन् ।










