
बागलुङ, १६ असार ।
बागलुङ नगरपालिका–२ को सहयोगमा आदर्श टोल विकास संस्थाले मंगलबार तरकारीको विउ तथा फलफुलका विरुवा वितरण गरेको छ ।
बानपा–२ वडा कार्यालयले वडाभित्र तरकारीको विउ र फलफुलका विरुवा वितरण गर्ने निर्णय अनुसार टोल विकास संस्थाले १ सय ५० जना टोलबासीलाई कागतीका विरुवा, मुला, साग, बोडी, सिमी, केराउको विउ वितरण गरेको हो । टोलबासीलाई वडासदस्य सुरज बोसेल, टोल विकास समितिका अध्यक्ष धनबहादुर कार्की र सचिव राजकुमार पौडेलले विउ र विरुवा वितरण गर्नुभएको थियो ।
वडाबासीहरुलाई तरकारीमा आत्मानिर्भर बनाउने र कौसी तरकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले तरकारीको विउ र फलफुलका विरुवा वितरण गरिएको वडासदस्य सुरज बोसेलले बताउनुभयो ।
टोल विकास समितिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राजकुमार पौडेलले गर्नुभएको थियो ।










