भरतप्रसाद सापकोटा
विहुँ (बागलुङ), १४ असार ।
बागलुङको काठेखोला गाउँपालिकामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि गाउँपालिकाको आकस्मिक बैठक बसेको छ ।

काठेखोला–५ विहुँको अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जना सुरक्षाकर्मी र २ जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा आकस्मिक बैठक बसिरहेको हो । गाउँपालिकालाई सिल गर्ने वा सिमित स्थानलाई सिल गर्ने र अब कसरी अगाडी बढ्ने भन्ने बारेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुको बैठक बसिरहेको जानकारी प्राप्त भएको छ ।

यस्तै भारतदेखि आइ क्वारेन्टाइनमा बसेकाहरुलाई खाना खुवाउन समेत समस्या भएको छ । खाना खुवाउने महिला र एक सहयोगी पुरुषलाई संक्रमण पुष्टि क्वारेन्टाइनमा बसेकाहरुलाई खाना समस्या भएको हो ।

क्वारेन्टाइन नजिकका सवै पसलहरु विहानैदेखि बन्द भएका छन्भने समुदायमा त्रास फैलिएको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि कन्ट्याक्ट टे«ेसिङमा समेत समस्या हुने देखिएको छ । संक्रमितहरुसँग धेरै स्थानियहरु भेट भएकोले ठूलो संख्यामा पिसिआर परीक्षण गर्नुपर्ने देखिएको हो ।

काठेखोलाका ५ जना संक्रमितहरुलाई धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिने भएकोछ । २ जना महिला सहित एक जना सुरक्षाकर्मी गरी ३ जनालाई धौलागिरी अस्पताल र २ जना पुरुषलाई क्याम्पसको आइसोलेसनमा राखिने तयारी गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here