बागलुङ, १४ असार ।
बागलुङ जिल्ला कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार राती पुष्टि भएका बागलुङका २८ जना मध्य ३ जना समुदायका रहेको पाइएको छ । यससँगै बागलुङमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको छ ।

शनिबार राती बागलुङ नगरपालिकाका १७ जना, काठेखोला गाउँपालिकाका २ महिला सहित ५ जना र बडिगाड गाउँपालकाका ६ जनालाई संक्रमण पुष्टि भएको थियो । काठेखोला गाउँपालिकाका ५ जना मध्य भारतदेखि आइ अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २ जना देवर भाउजु, १ जना क्वारेन्टाइनमा कार्यरत सुरक्षाकर्मी र दुई जना क्वारेन्टाइनमा काम गर्ने रहेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनमा काम गर्ने मध्य १ जना खाना खुवाउने महिला र एक जना सहयोगी रहेको बताउनुभयो ।

अध्यक्ष थापाले सुरक्षा अपनाउँदा अपनाउँदै संक्रमण दोस्रो चरणमा पुगेको बताउँदै उक्त क्षेत्र सिल गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले अहिले कन्ट्याक ट्रेसिङ (सम्पर्क व्यक्तिहरुको खोजी)को काम भइरहेको र उनीहरुको स्वाब परीक्षण गरिने बताउनुभयो ।

संक्रमितहरु मध्य २ जना महिला धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा र अन्य सवैलाई धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रि–आइसोलेसनमा राखिने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here