
बागलुङ, १२ असार ।
नेपाल प्रहरीका पूर्वडिएसपि टिकाबहादुर कार्कीले काठेखोला गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गर्नुभएको छ ।
पूर्वडिएसपि कार्कीले एक महिना बराबरको पेन्सन रु. ३० हजार रुपैयाँ शुक्रबार गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्नुभएको हो ।
उहाँले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सवैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै आफु जन्मेको गाउँपालिका सहयोग गरेको बताउनुभयो । उहाँले कोरोना महामारीको विच सवैले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
काठेखोला गाउँपालिकाले सहयोग गरेकोमा कार्कीलाई उन्नती, प्रगति र सफलताको कामना गरेको छ ।









