
बागलुङ, १२ असार ।
बागलुङमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले बागलुङ सहकारी म्यानेजर क्लव गठन गरेको छ ।
प्रवन्धकहरुको भेलाले एकता सहकारी संस्थाका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ सहकारी म्यानेजर क्लवको तदर्थ समिति गठन गरेको हो ।
क्लवको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रवन्धक दिपक सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगती बहुउद्देश्यीय सहकारी संस्थाका मुना शर्मा रहनु भएको छ ।
सदस्यमा कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी संस्थाका जमुना पूर्जा, स्वाभिमान सहकारी संस्थाका दुर्गाबहादुर केसी र सहज बचत तथा ऋण सहकारीका टिकाराम सापकोटा रहनु भएको छ ।
सल्लाहकारमा राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठी, कालिका सहकारीका टंकप्रसाद पन्त, सिवाइसी बचत तथा ऋण सहकारीका कवि न्यौपाने र अभियान सहकारीका महादेव सापकोटालाई चयन गरेको छ ।
सहकारीहरुको संस्थागत बिकास, सहकारी अभियानका नेतृत्वहरुलाई सहयोग गर्ने र सहकारीका प्रवन्धकहरुको नेतृत्व तथा क्षमता बिकास गर्ने उद्देश्यले क्लवको गठन गरेको संयोजन कर्ता राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठीले बताउनुभयो ।
तदर्थ समितिका अध्यक्ष दिपक राजभण्डारीले सहकारीहरु बिचको आपसी सद्भाव, सहयोग र सकार्यका लागि बागलुङमा पनि सहकारीहरुका प्रवन्धकहरु एक भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङका प्रवन्धक युवराज त्रिपाठीको अध्यक्षता र बैङका शुसिल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।










