बागलुङ, १२ असार ।

जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थ सहित पक्राउ परेका छन् ।

वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई बिशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

अध्यक्ष घर्तिलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here