
बागलुङ, १२ असार ।
बागलुङ जिल्लामा एक जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा आज शुक्रबार विहान बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका एक जना र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का २१ जनालाई संक्रमण पुष्टि भएको विहान ६ बजेर २० मिनेटमा प्रेस विज्ञप्ती प्रकाशित गरि जानकारी गरएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुगेको छ ।
निर्देशनालयका अनुसार बागलुङको बरेङ गाउँपालिकाका २३ बर्षे पुरुषलाई संक्रमण पुष्टि भएको हो । यससँगै बागलुङमा संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।










