
बागलुङ, ११ असार ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा थप २ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिका २ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गल्कोट नगरपालिकाको क्वारेन्टाइन रहेका १९ र २० बर्षका २ जना पुरुषलाई संक्रमण देखिएको हो ।
यससँगै गल्कोटमा संक्रमितको संख्या २८ पुगेको छ ।









