बागलुङ नगरको बजेटः खेलकुदलाई ३४ लाख ५० हजार, मेयरकपको बजेट घट्यो

मेयर कप फुटबल–२०७६ मा बागलुङ नगरपालिका र कुश्मा नगरपालिका विचको खेलको फाइल फोटो

बागलुङ, १० असार ।
बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि खेलकुद तर्फ ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित गरेको छ ।

बुधबार सातौ नगरसभाको दोस्रो बैठकमा नगरउपप्रमुख सुरेन्द्र खड्काले युवा तथा खेलकुद विकास तर्फ ३४ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले गौरवको योजनामा राखेको मेयर कप फुटबल प्रतियोगिताको बजेट घटाएको छ । नगरपालिकाले आव २०७६/७७ मा भन्दा ५ लाख घटाएर बजेट विनियोजित गरेको छ । नगरपालिकाले आव २०७६/७७ मा २५ लाख विनियोजित गरेको थियोभने यस वर्ष २० लाख विनियोजित गरेको छ ।

नगरपालिकाले आव २०७६/७७ मा २५ लाख बजेट विनियोजित गरेपनि अन्तिममा मेयरकपको बजेटबाट ५ लाख रुपैयाँ बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितालाई रकामान्तर गरेर उपलब्ध गराएको भन्दै प्रतियोगिता गर्ने जिम्मा पाएको जिल्ला फुटबल संघ बागलुङलाई २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

स्थानिय तहको निर्वाचन पछि नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । तर २०७५ सालमा नगरपालिकाले प्रतियोगितालाई बजेट विनियोजित गरेपनि प्रतियोगिता गर्न सकेको थिएन । २०७६ सालमा पुनः प्रतियोगितालाई निरन्तरता दिँदै खुल्ला नगरपालिका स्तरीय राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता संचालन गरेको थियो ।

यस्तै नगरपालिकाले खेलकुद विकास समिति अन्तरगत विभिन्न खेलकुद विकसा कार्यक्रमको लागि १० लाख रुपैयाँ र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहयोग कार्यक्रमलाई ४ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here