पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पर्वत, ५ असार ।
पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।

पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।

जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्रोतले बतायो । कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here