बगलुङका ६ जना कोरोना संक्रमित आइसोलेसनमा भर्ना

बागलुङ, १४ जेठ ।
बागलुङका ६ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
भारतबाट गृह जिल्ला बागलुङ आएका बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका ४ जनालाई बुधबार विहान संक्रमण पुष्टि भएपछि एम्बुलेन्स मार्फत सुरक्षाकर्मीको निगरानीमा अस्पताल ल्याइ आइसोलेसनमा भर्ना गरिएको हो ।
बडिगाड गाउँपालिकाको क्वारेन्टाइमा रहेका १९ र २० बर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो भने तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकोले उपचारको लागि आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। शैलेन्द्र वि. पोखरेलले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको बनाई छ ।
कोरोनाको विश्वव्यापी महामारीको विचमा भारतमा रोजगारी गुमेपछि नेपाल फर्कने क्रममा भारत–नेपालको सिमामा अलपत्र परेका उनीहरुलाई स्थानिय तहले उद्धार गरि क्वारेन्टाइनमा राखेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here