कोरोना भाइरस अपडेटः मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, २९ चैत ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय सात पुगेको हो ।
भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या चार लाख ९९ हजार नाघिसकेको छ ।
अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here