कोरोना त्रासः बागलुङका सवै वडामा रोकथाम सहयोग समिति गठन गरिने

बागलुङ, ६ चैत ।
कोरोना भाईसरको संक्रमण रोकथामका लागि बागलुङका सबै वडाहरुमा कोरोना संक्रमण रोकथाम सहयोग समिति गठन गरिने भएको छ ।
केन्द्रीय निर्देशन अनुसार जिल्लाका दश वटै स्थानिय तहका प्रत्येक वडामा रोकथाम सहयोग समिति गठन गरिने भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कारोना (कोभिड १९) को रोकथामका लागि हरेक स्थानिय तहले आफ्ना वडामा सवै क्षेत्रका व्यक्तित्वहरुको प्रतिनिधत्व हुने गरी सहयोग समिति गठन गर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
गुरौका अनुसार जिल्ला र नगरपालिका÷गाउँपालिका स्तरको पहिलेनै भएको र वडा स्तरको पनि स्वास्थ्य मन्त्रालय र संघिय मामिला मन्त्रालयबाट आएको निर्देशन अनुरुप हुने छ । यसका लागि स्थानिय तह आफैले वडा स्तरमा सहयोग समिति गठन गर्ने छन ।
बागलुङ नगरपालिकाले पनि विहिबारदेखी हरेक वडामा संक्रमण रोकथाम सहयोग समिति गठन प्रक्रियालाई अगाडी बढाएको छ । बागलुङ नगरपालिका–५ मालिकाबाट सुरु गरिएको यो प्रक्रिया नगरपालिकाका सवै वडामा हुने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार वडा समिति वडा अध्यक्षको संयोजनकत्वमा गठन हुनेछ । जसमा स्थानिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य संस्था, र शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधि, महिला संजाल, दलित संजाल, स्थानिय समाजसेवी सदस्य रहने छन भने वडा सचिव सदस्य सचिव रहने छ ।
समिति वडा भित्र यसको बारेमा सचेतना फैलाउन र वडामा यदी कुनै संक्रमित देखिएमा त्यसको उचित उपचार र व्यवस्थापनको भुमिका निर्वाह गर्ने जनाईएको छ । विहिबार नै मालिकामा स्थानिय समाजसेवी विद्यालयका शिक्षक र महिला सञ्जाल महिला स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थितिमा कोरोना भाईरस सम्बन्धी सचेतना र दादुरा रुवेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कोरोना भाईरस हाल नेपालमा देखा नपरेता पनि छिमेकी देशमा देखा परेको हुँदा हामी हाम्रो समाजमा सचेत हुनेपर्ने बताउनुभयो ।
वडा अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालिका सापकोटा, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, मेडिक मोबाईलका परियोजना अधिकृत नारायण रिजाल लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम मालिका स्वास्थ्य चौकीका अहेब धनकुमारी थापाको स्वागत र स्वास्थ्य संस्था प्रमुख विलाशचन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here