के हो कोरोना भाइरस ? यसबाट कसरी बच्ने ?

के हो त कोरोना भाईरसः
कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाईरस हो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । अहिले भने त्यसभन्दा फरक नया प्रकारको कोरोना भाइरस फैलिएको हो ।
लक्षणहरु
उच्च ज्वरो आउने, टाउको दुख्ने, रुघा खोकीसँगै श्वास प्रस्वास गाह्रो हुने ।
बच्ने उपाय
हात धुने, जथाभावी हात नमिलाउने, जथाभावी सामानहरु नछुने छोएमा हात आँखा, मुखमा नलाने , रुघाखोकी लागेको व्यक्तिको नजिक नजाने, मास्क प्रयोग गर्ने, छिक वा खोक्दा अन्य ब्यक्तिबाट टाढा रहने, भिडभाडमा नजानेर सावधानी अपनाउने, मुख छोपेर खोक्ने, माथी उल्लेखित लक्षण देखिएमा नजिकको अस्पतालमा गइ जाँच गराउने ।
कोरोना भाइरसको उपचारको लागि धौलागिरी अञ्चल अस्पतालको तयारी के छ ?
हाम्रो अस्पतालमा खासै संकास्पद बिरामी भेटिएको छैन । हामी डाक्टर तथा स्वास्थकर्मी थप संबेदनसिल भएका छौं । संकासद बिरामी देखिएमा छिटो जाँच गर्ने साबधानी अपनाई निदानको लागि काठमाडौं रिफर गर्ने नीति बनाएका छौ । हामीले यस्ता भैपरी आउने बिरामीहरुको लागि छुट्टै आइसोलेसन वार्डको ब्यबस्था पनि गरेका छौँ ।
हामीले यस्ता भैपरी आउने माहामारी हुने खालका बिरामी रख्नको लागि छुट्टै आइसोलएसन वार्डको ब्यबस्था पनि गरेका छौँ ।
डाक्टर शैलेन्द्र वि क पोख्रेल
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट
धौलागिरी अञ्चल अस्पाल बागलुङ

२०७६ फागुन २३ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here