
बागलुङ, ९ फागुन ।
जेष्ठ नागरिकका लागि लक्षित गरी शुक्रबार बागलुङ नगरपालिका– १३ पैयुँपाटामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । वडा कार्यालय पैयुँपाटा स्वास्थ्य चौकीको संयुक्त आयोजना र बागलुङ नगरपालिका तथा स्वास्थ्य कार्यालयको सहयोगमा शिविर संचालन गरिएको थियो ।
शिविरको उदघाट्न गर्दै बागलुङ नगरपालिकाका –१३ वडा अध्यक्ष नारायण शर्मा पौडेलले जेष्ठ नागरिक समाजको धरोहर भएका कारण उनिहरुको स्वास्थ्य जाँचमा स्थानिय सरकारले पनि चासो दिनुपर्ने बताए । उनले समाज र गाउँ स्वस्थ्य राख्नका निम्ती समय समयमा यस्ता किसीमका शिविरको आयोजना गर्नुपर्न बताए । कार्यक्रममा टोल सुधार समितिका संयोजक रेशम बहादुर खत्री, नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री लगायतले बालेका थिए । शिविरमा २ सय २५ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै सुगर, प्रेसर, पिसाब लगायतका अन्य ल्याब परिक्षण पनि गरिएको थियो । शिविरमा धौलागिरी अञ्चल अस्पतालका मेडिक अधिकृत डा. रञ्जित सापकोटा, बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनाल, स्वास्थ्य कार्यालयका याम बराल, कमला थापा, लक्ष्मण ढकाल, सफल शर्मा लगायतका स्थानिय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मिहरुको टोलीले जाँच गरेको थियो । त्यसैगरी विहिबार स्वास्थ्य चौकीका स्वास्थ्य शिक्षा सम्पन्धी अभिमुखिकरण पनि सम्पन्न गरएको थियो ।
शिविर उदघाट्न कार्यक्रममा जयनारायण शर्माको अध्यक्षता र स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट सुशिल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।









