बागलुङमा २ लाख जनालाई हात्तिपाईले रोगको औषधि खुवाईदै

नवीन शिशिर
बागलुङ, १७ माघ ।
बागलुङ जिल्लामा सन् २००१ मा सार्वेक्षण ९बेसलाईन सर्भे० गर्दा हात्तिपाईले रोगबाट प्रभावितको अवस्था ४ दशमलव ८३ प्रतिशत थियो ।
हात्तिपाईले रोग प्रभावित जिल्लाको सूचीमा बागलुङ पनि समावेश भएपछि निवारणको लागि सरकारले निःशुल्क औषधी खुवाउने अभियान ग¥यो । सन् २०१४ मा नारायणस्थानमा पुन सर्वेक्षण गर्दा ३ प्रतिशत, सन् २०१६ मा सर्भे गर्दा २ दशमलव ३ र सन् २०१८ मा पुनः परीक्षण गर्दा ४ दशमलव ६७ प्रतिशत जनसंख्या हात्तिपाईलेबाट प्रभावित भएको देखिन्छ ।
तीन पटकको अवधिमा नारायणस्थानसँगै दगातुम्डाडा, कुश्मीसेरा र ग्वालीचौरमा पनि हात्तिपाईलेको अवस्था सर्वेक्षण गर्दा तीनै वटा वडामा प्रभावित भेटिएनन् । जिल्ला स्वास्थ कार्यालय बागलुङको तथ्याङ्गक अनुसार बानपा–१४ नारायणस्थानमा हात्तिपाईले प्रभाव बढेको देखिन्छ ।
सन् २००३ देखि हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु भए पनि प्रभावितको संख्या बढ्दै जानु जनस्वास्थ्यकाले दृष्टिले चुनौतीपूर्ण रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका हात्तिपाईले रोग फोकलपर्सन यम बरालको भनाई छ ।
सरकारले सन् २०२० सम्म हात्तिपाईले ९फाईलेरिया० निवारणको लक्ष्य लिएको छ । पटक पटकको सर्वेक्षणले बागलुङ प्रभावित जिल्लाको रुपमा देखिए पछि माघ २५ गतेदेखि हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान तयार गरिएको छ ।
यस वर्ष बागलुङका २ लाख ६३ हजार १२० जनालाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य रहेको पोकलपर्सन बरालको भनाई छ । गण्डकी प्रदेशको बागलुङसँगै छिमेकी जिल्ला पर्वत र लम्जुङ्गमा पनि हात्तिपाई रोगको प्रभाव देखिएको हुँदा औषधी खुवाउने कार्यक्रम रहेको छ ।
बागलुङमा पहिलो दिन सबै पालिकाको पाएक पर्ने स्वाथ्य संस्था र दोस्रो दिनदेखि घरघरमा पुगेर छुटेका व्यक्तिलाईलाई औषधी खुवाउन कार्यक्रम रहेको जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए । औषधी खुवाएको ६ महिना पछि पुनः स्वास्थ्य सर्भेक्षण गरिने छ ।
‘जति धेरैले औषधी खायो त्यति नै धेरै संक्रमणको दर कम हुन्छ’ कार्यालय प्रमुख गुरौले भन्नुभयो–‘नकरात्मक हल्लाको पछि लागेर औषधी खाँदा रोग उन्मुलन हुँदैन ।’ हात्तिपाईले लामखुट्टेको टोकाईबाट फैलने हुँदा सबैले औषधी सेवन गर्नुपर्ने उहाँको भनाई छ । अभियानका क्रममा हात्तिपाइले रोग निवारणका लागि मान्यताप्राप्त डी।इ।सी। र जुका मार्न प्रयोग गरिने अल्वेन्डाजोल नामक औषधी खुवाउने बताइएको छ ।
२ बर्ष मुनिका, गर्भवति महिला र अति नै कमजोर भएका व्यक्तिलाई भने औषधी खुवाउन नहुने जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालको भनाई छ । उनले भने ‘हात्तिपाइले रोगबाट बच्नलाई आफ्नो घर वरपरको बातावरण सफा राख्नु पर्छ । हात्तीपाइले रोगले जिवन भर असक्त बनाउने भएकाले समयमै औषधी सेवन गर्नु पहिलो उपाय भएको खनालले बताए ।
शरीरका नलीहरु सुन्नीने, हातगोडाहरुमा धर्सा देखिने, अण्डकोष सुन्निने, गिर्खाहरु आउने जस्ता लक्षण हात्तिपाइले रोगिहरुमा देखिने गरेको छ । अण्डकोष सुन्निएका हात्तिपाईले रोगिहरुका लागि धौलागिरी अस्पताल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । कोष सुन्निएर बिरामी गम्भिर अवस्थामा पुग्दा पनि लाज मान्ने गरेका कारण अधिकांसले रोग लुकाएर बस्ने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् ।
अभियानको बारेमा जानकारी दिन शुक्रबार पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले हात्तिपाईले रोगको औषधीबारे भएको भ्रमात्मक प्रचारलाई न्युनिकरण गर्न सके औषधी सेवन गर्नेको संख्या बृद्धि हुने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here