
बागलुङ, १४ माघ ।
बागलुङ नगरपालिका–४ कालिमाटीका मृगौला पीडित रेशमबहादुर विश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कुमालेपाखा टोल विकास संस्थाका अध्यक्ष विपिन विश्वकर्मा र कालीमाटी थारश्वाराका दिनेश पन्तको सक्रियाताका संकलित ४० हजार ८ सय ६५ रुपैयाँ सोमबार रेशम विश्वकर्मा बचाउँ अभियानका अध्यक्ष टिकाकुमारी विकलाई हस्तान्तरण गरिएको हो ।
दुवै मृगौलामा समस्या भए पछि लामो समयदेखि काठमाण्डौको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत विश्वकर्मालाई दशैदेखि फेरि मुटुमा समेत सदस्या देखिएको छ । मुटुको मुख्य रक्तनलीमा समस्या देखिएकाले तत्काल मुटुको उपचार गरेर मात्रा मृगौलाको उपचार हुने छ ।
एक पछि अर्काे गम्भिर प्रकृतीका रोग देखिन थाले पछि परिवारलाई थप आर्थिक भार थपिदै गएको छ । उपचारको लागि ५०÷ ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको विकको भनाई छ ।









