भलिबल खेल्न उमेर घटाएर नागरिकता बनाएका कारण बालविवाहको फन्दा

काठमाडौं, २७ भदौ ।
सल्यानको शारदा नगरपालिका–४ पिपलनेटाका रमन बस्नेत र सोही ठाउँकी सन्जु न्यौपानेको गत असार २६ गते गाउँमै बिहे हुँदै थियो ।
विवाहमण्डपमा दुलाहाको ब्रतबन्ध हुँदैगर्दा प्रहरी त्यही आए । रमन र सन्जुको बालविवाह भइरहेको भन्दै बिहे रोक्न प्रहरी मण्डपमा आएको थियो ।
तर आफन्तले बालविवाह नभएको र बेहुलाबेहुली दुवैको उमेर पुगेको भन्दै प्रहरीसँग बिहे नरोक्न अनुरोध गरे । केहीबेरको छलफलपछि नागरिकता हेर्दा दुलाहा रमन १७ वर्षका र दुलही न्यौपाने पनि सोही उमेरकी देखिएपछि बालविवाहको आरोपमा प्रहरीले पक्राउ गर्‍यो ।
पक्राउपछि बेहुली सन्जुलाई अदालतले बालविवाहको आरोपमा २ महिना कैद र दुई हजार जरिमानासमेत तोक्यो । खासमा सन्जु र रमन दुवै जनाको उमेर २० वर्ष पुगिसकेको थियो ।
अन्डर–१६ (१६ वर्षमुनिको) भलिबल प्रतियोगितामा भाग लिन रमनले उमेर घटाएर नागरिकता बनाएका कारण दुलही सन्जुले कैद सजायका साथै जरिमाना तिर्नुपर्‍यो । अहिले उनी धरौटीमा रिहा भएकी छन् ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here