‘संघीय शिक्षा नीति नबन्दा गुणस्तर खस्कँदै’

काठमाडौं, १० भदौ ।
शिक्षा क्षेत्रमा बढ्दो विसंगतिको विषय प्रतिनिधिसभामा प्रवेश पाएको छ ।
आधारभूत शिक्षालाई सरकारले स्थानीय तहको अधिकारमा राखेपनि संघीय शिक्षा ऐन नबन्दा समस्या उत्पन्न भई शैक्षिक गुणस्तर खस्किएको प्रति सांसदहरुले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद गगनकुमार थापाले शिक्षा क्षेत्रमा विसंगति बढ्दै गएको भन्दै त्यसलाई समाधान गर्ने गरी सरकारले कानून बनाउने नसकेकोमा दुःखेसो पाखे ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई सांसद थापाले संघीय शिक्षा नीति नआउनुको कारण माग गरे । संसदको प्रश्नोत्तरमा मुख्य प्रश्नकर्ताका रुपमा उनले नीति नबनाएर स्थानीय तहलाई मनोमानी निर्देशन दिएर संघीयता असफल बनाउन सरकार नै लागिपरेको बताए ।
‘संविधानले आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकारमा सूचिकृत गरेको छ । संघीय शिक्षा ऐन हालसम्म बनेको छैन ।
शिक्षाको व्यवस्थापनमा संघले स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जिल्लास्तरका शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् समन्वयका काम किन भएका हुन् ?,’ उनले प्रश्न गरे, ‘संविधान विपरीत मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई विभिन्न निर्देशन किन दिइएको हो ?’ केन्द्रबाटै निर्देशनात्मक गतिविधि गरिनुले सरकार नै संघीयता विरुद्ध लागेको त होइन भन्ने महसुस आफूलाई भएको बताए ।
मन्त्री पोखरेलले शिक्षालाई साझा सूचीमा राखिएको बताउँदै स्थानीय तहले गर्न नसकेका काम गरिएको बताए ।

आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here