यार्सागुम्बामा गतवर्षभन्दा १० लाख मूल्य घटाइयो

बझाङ, ३० साउन
यार्साको मूल्य घट्ने हल्लाका कारण यहाँका स्थानीयले संकलन गरेको यार्सा बिकेको छैन ।
गत वर्षको तुलनामा यस वर्ष यार्साको मूल्यमा निकै कमी आएपछि यार्सा संकलकले यार्सा बिक्रि गर्न आनाकानी गर्ने गरेका छन् ।
गत वर्ष बिक्रि गरेको यार्साको मूल्य हालसम्म नपाएका बझाङका संकलन यार्साको मूल्य घटेको खबरले झन् चिन्तामा परेका छन् ।
ठूला व्यापारीले गत वर्षभन्दा प्रतिकिलो १० लाख मूल्य घटाएर यार्साको दररेट कायम गर्ने हल्लापछि संकलन चिन्तामा परेका हुन् ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here