भोजपुर, २५ असार ।
भोजपुरमा बुधबार विहान विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ ।
भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान ८ बजेर ३० मिनेटतिर आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागर मृत्यु भएको हो ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ ।
मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ ।









