
बागलुङ, १९ असार ।
मनाङ ‘ख’ बाट निर्वा्िचत स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन् ।
गुरुङलाई बिहिवार गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।
गुरुङलाई टिका खादा लगाएर नेकपाको विधान र निर्दे्िशका हस्तान्तरण गरेर इन्चार्ज गुरुङले पार्टी प्रवेश गराएका थिए । गुरुङसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन ।
गुरुङको प्रवेश संगै गण्डकी प्रदेश सरकारमा नेकपाको दुई तिहाई सिट पुगेको छ । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ जना थिए । गुरुङ प्रवेश गरेपछि नेकपाका ४० जना सांसद पुगेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले सबैधानिक र राजनीतिक हिसावले सवै कुरा प्राप्त गरेको अवस्थामा दायाँ बायाँ बरालिनुको औचित्य समाप्त भएको बताउनुभयो ।









