
२०७६, १ जेष्ठ
मध्यपहाडी लोकमार्ग अन्तरगत बडीगाड गाउँपालिका वडा नं. ६, ठूलावेसीमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् । सोहि गाउँपालिका वडा नं. ६ घ्वाङका १३ वर्षिय अमृत थापालाई लु३१प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन् ।
गम्भिर घाईते थापालाई थप उपचारका लगी हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा सिसियुमा राखेर उपचार सुरु भएको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए ।
मोटरसाइकल चालक बडीगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरी चौकीले जानकारी दिएको छ । विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा वच्चालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।









