
सोलुखुम्बु बैशाख १
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । उनो पहिचान भइसकेको छैन् । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई राम बहादुर खड्का रहेका छन् । विमानस्थल सुरक्षाका एकजना असई रुद्र बहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई थप उपचारको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताइएको छ ।









