
काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।
क्याप्टेन एम.आर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए । अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् ।
नेपाल प्रहरीका महानिरीक्षक आईजीपी वसन्त कुँवरका अनुसार १७ जनाको मृत्यु भएको छ । एकजना विदेशी र बाँकी नेपाली हुन् ।
जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।
हेर्नुहोस्, सूची :
क्याप्टेन शाक्यसहित २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।