बागलुङमा नाली र खेतको पानी सिधैं उपभोक्ताको धारामा

बागलुङ, ८ साउन । तपाईं बागलुङ बजारमा हुनुहुन्छ ? बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने सर्तक रहनुहोस् ? धारामा आएको पानी पिउनका लागि योग्य नहुन सक्छ ।

बागलुङ बजारमा वितरण हुने खानेपानी खेतबारी तथा बजारभन्दा माथीका गाउँमा निर्माण भएको ढल व्यवस्थापन गर्ने नालीको पानी सिधैं धारामा आउने गरेको छ । मुहानहरुबाट आउने पाइपलाईनमा बाढी पहिरोका कारण समस्या आएपछि बजार नजिकैको रात्माटामा रहेको नाली तथा नहरको पानी संस्थाले खानेपानीको ट्याङ्कीमा पठाएको पाईएको हो ।

बागलुङ नगरपालिका ४ मा रहेको वितरण ट्याङ्कीमा वडा नं. ६ को भीरलाँखुरीदेखि बग्दै रात्माटा आउने पानी मिसाईएको हो । वितरण ट्याङ्कीमा मिसाईएको पानी रात्माटामा रहेका प्रत्येक खेतको पाटामा मिसिएर आउने गरेको छ ।

‘भीरलाँखुरीदेखिको पानी हाम्रा खेतमा पसेर धान मास्यो, त्यहीं पानीले धानको झार मार्न राखेको औषधि बगायो’ रात्माटाकी नन्दकली शर्माले भनिन्, ‘यहीं गराको छेउमा रहेको नालीबाट बाढी पस्छ, अनि त्यहिँ मिसिन्छ ।’ रात्माटाका किसानले झार मार्ने विषाधि प्रयोग गरेको पानी संस्थाले सिधैं वितरण ट्याङ्कीमा मिसाएको हो । पानीको अभाव भएपछि उपभोक्ताकै आग्रहमा पानी ट्याङ्कीमा हालिएको संस्थाका सचिव जीवन शर्माले बताए ।

‘एकडेढ घण्टा राखेर त्यो पानी हटाईयो’ शर्माले भने, ‘उपभोक्ताकै आग्रहमा पहिले देखिनै राख्ने गरिएको पानी अहिले पनि राखिएको हो ।’ उनले पानीमा चरम समस्या देखिएपछि उपभोक्ताले त्यहिं पानी भएपनि पठाउन आग्रह गरेको बताए ।

संस्थाका प्रबन्धक हिमाल शर्माले भने ट्याङ्कीमा नालीको पानी मिसाएको विषय आफुलाई थाहा नभएको बताए । रात्माटामा खानेपानी वितरण गर्नेगरी कुनैपनि खानेपानीको मुहान नरहेकाले त्यो सम्भव नरहेको उनको जीकिर थियो ।

उपभोक्ता हितको पक्षमा अनुगमन अधिकृतको जिम्मेवारीमा समेत रहेका सहायक प्रमुख जिल्ला अधिरकारी चित्राङ्गत बरालले संस्थाले वितरण गरेको पानी उच्च अदालतको आदेश र विद्यमान कानुन विपरित रहेको बताए । उनले शुद्ध पानी पाउने उपभोक्ताको अधिकारमाथी खेलवाड गर्नेलाई कानूनी कारवाही हुने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here