कालिगण्डकी नदिमा पौडि खेल्न गएका निसीखोलाका बालक बेपत्ता

बागलुङ, ८ साउन । कालीगण्डकी नदिमा पौडिन गएका बागलुङका एक बालकलाई नदिले बगाउँदा बेपत्ता भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–१ लेवाङ घरभई आफन्तलाई भेट्न पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा आएका १४ वर्षीय सन्तु पुनलाई सोमबार कालिगण्डकी नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

सोमबार साथीसँगै कालिगण्डकीमा पौडिन गएका सन्तुलाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले बताए । उनले बेपत्ता सन्तुसँग पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्तीमगर सकुशल रहेको जानकारी दिए ।

अर्जुन र वेदले सन्तुलाई कालिगण्डकीले बगाएको खबर गरेलगत्तै सोमबार नै प्रहरीको टोलीले खोजी कार्य तिब्र बनाएको प्रनि बरामले बताए । उर्लिदो भेलमा पौडिएर कालीगण्डकी नदि तर्न खोज्दा सन्तुलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तीनै जना बालक एकसाता अघि अर्जुन पुनका आफन्तलाई भेट्नका लागि सहस्रधारा आएका थिए । घटनाको थप अनुसन्धान र बेपत्ता बालकको खोजी भइरहेको प्रनि बरामले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here