एकनाले भरुवा बन्दुक बरामद

फाइल तस्विर

बागलुङ, ८ साउन । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड गाउँपालिका–३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।

डिएसपि यादवका अनुसार खर्वाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनबहादुर क्षेत्रीको नेतृत्वको टोलीले जंगलबाट साबुत २, बेसाबुत ३ गरी जम्मा ५ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको छ । जंगलमा बन्दुक कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोली खटाइएको डिएसपि यादवले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here