बागलुङ, २७ असार । बागलुङमा गयराती पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–७ तितौरेमा घरमाथीबाट आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेकी ५८ वर्षीया खिर कुमारी शर्माको मृत्यु भएको वडाअध्यक्ष मेघनाथ गैरेले बताए । वडा अध्यक्ष गैरेले घरमा शर्मा एक्लै रहेको बताए ।
विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको वडा अध्यक्ष शर्माको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताए ।
यस्तै बागलुङ नगरपालिका–९ तित्याङमा पहिरोले गोठ पुरिएको छ ।