बागलुङ बजारमा बाढी पस्यो (तस्विरहरु)

अर्जुन कार्की ।
बागलुङ, २६ असार । बुधबार साँझदेखि परेको वर्षापछि आएको बाढी बागलुङ बजारमा पसेको छ ।

बागलुङ बजारमा आज (बुधबार) राती बाढी पसेर धेरै पसल र घरमा क्षति पुगेको छ ।

बुधबार साँझदेखि परेको वर्षापछि बानपा–२ को हाँडेपाखाको नालीबाट बानपा–२ को श्रीनगरटोल हुँदै क्याम्पस चोक, बालमन्दिर रोड, लोकतान्त्रिक चोक, हल्लनचोकसम्म बाढी पसेपछि धेरै पसल र घरमा क्षति पुगेको हो । मध्यपहाडी लोकमार्ग र हाडेपाखाबाट आएको बाढीले नाली बुझिएपछि बाढी राती पसलभित्र पसेको हो ।

बाढीको कारण बागलुङ नगरपालिका–२ श्रीनगरटोलको हरिकृष्ण सप्लायर्स, लक्ष्मी रेष्टुरेन्ट सहित श्रीनगरटोल, क्याम्पस चोकमा रहेका अधिकांश घर र पसलहरु, लोकतान्त्रिक चोकमा रहेका पसलहरुमा ठूलो क्षति पुगेको छ । पसलमा भएका सामानहरुमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीहरुले बताएका छन् ।

बानपा–२ मा रहेको हाडेपाखा फर्ममा बाढी पस्दा १ हजार जति बोइलर कुखुरा मरेका व्यवसायीले बताए ।

बजारमा बाढी पसेपछि जिल्ला प्रहरी कार्यालय बागलुङ, विपद व्यवस्थापन गुल्मबाट प्रहरीहरु खटाइएको छ । पसलहरुमा पसेको पानी फाल्न स्थानीयहरुले सहयोग गरेका छन् ।

  • तस्विरः सुमन थापा क्षेत्री

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here