पञ्चकोटमा पहिरोले प्रहरी चौकी पुरियो

बागलुङ, २२ असार । शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ ।

शनिबार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जाने बाटोमा लगाइएको पर्खाल भत्किदा प्रहरी चौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको बताए । उनले चौकीमा कार्यरत प्रहरीहरु सुरक्षित रहेको बताए ।

प्रहरी उपरीक्षक कंडेलले पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको जानकारी दिए । पहिरोले भत्किएको भवन पनि पञ्चकोटधाम मन्दिरको हो । मन्दिरले प्रहरी चौकी राख्नको लागि चार कोठे भवन दिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here