गलकोटमा एक पुरुष मृत फेला

बागलुङ, २२ असार । बागलुङको गलकोट नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

गलकोट नगरपालिका–३ बोहोराफाँटका ५४ वर्षीय धन बहादुर बोहोरा शनिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शुक्रबार घरमा कसैलाई नभनी हिडेका बोहोरा शनिवार दिउँसो गलकोट नगरपालिका–३ छहरेखोलाको विच भागमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक थमन सिंह रानाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here