बागलुङको गलकोटमा पहिरोले घर पुरिदा दम्पत्तीको मृत्यु

बागलुङ, १५ असार । बागलुङमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

बागलुङको गलकोट नगरपालिका–८ काँठेवास, बिसौनीमा शनिबार विहान ३ बजे अविरल वर्षको कारण घर माथिबाट आएको पहिरोले घर पुरिदा घरमुली ५५ वर्षीय प्रेम बहादुर विक र उनकी श्रीमती ५० वर्षीया बसन्ती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । विक दम्पतीको शव पुरिएको अवस्थामा फेला परेको प्रनाउ यादवले बताए ।

पहिरोले घर पुरिदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकाका छन् । घाईते दुवै जनाको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रनाउ यादवले जानकारी दिए । पहिरोले घर पुरिएपछि प्रहरी र स्थानीयहरुले उद्धार गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here