ढोरपाटनमा भीरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङ, ४ जेठ । बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

बिहिबार ढोरपाटन नगरपालिका वडा नम्बर २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ हलगाडे बस्ने ५८ वर्षीय चन्द्र बहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।

दमाई गोरटो बाटोबाट अन्दाजी ३ सय मिटर तल खसेको डिएसपि यादवले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here