जिल्ला लिग फुटबलः गुठी युनाईटेड र बाल जीवन विजयी

बागलुङ, १ जेठ । जिल्ला लिग फुटबल प्रतियोगितामा गुठी युनाईटेड र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब)ले विजय सुरुवात गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा गुठी युनाईटेडले रामरेखा फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्यो । सुरुवातदेखि आक्रमण खेलेको गुठीले १२ औं मिनेटमा निरज थकालीको गोलबाट अग्रता लिएको थियो । मनिष श्रेष्ठले प्रहार गरेको कर्नर बललाई निरजले सुन्दर हेडिङ गोल गरेका थिए । गुठीको लागि खेलको १७ औं मिनेटमा मनिष श्रेष्ठ, ५२ औं मिनेटमा निशान गुरुङ र अतिरिक्त समयमा जितेन्द्र पुनले गोल गरेका थिए । रामरेखाको लागि नरेश पुनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै गुठीले तीन अंक जोडेदै समुहको शिर्षस्थानमा पुगेको छ ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब)ले बिर गोर्खाली युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । चिल्ड्रेन लाईफको लागि निश्चल महत र विजय छिनालले १/१ गोल गरेका थिए । निश्चलले दोस्रो हाफको ५ औं र विजयले २२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै चिल्ड्रेन लाईफले तीन अंक जोडदै समुहको दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तरगत बुधबार दुई खेल हुनेछन् । पहिलो खेल बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) र पावर फिटनेस क्लब विच हुनेछभने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र कालिका भगवती युवा क्लब विच हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here