लेखानीमा माविमा शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया

बागलुङ, ३१ बैशाख । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानीमा माध्यमिक विद्यालयमा शिक्षक अभिभावक र विद्यार्थी अन्तरक्रिया सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीले शिक्षक विद्यार्थी र अभिभावकले आ–आफनो जिम्मेवारी पूरा गर्ने शिक्षामा राम्रो नतिजा प्राप्त गर्न सकिने बताए । ‘शैक्षिक उपलब्धी हाँसिल गर्नका लागि यसका सरोकारवाला पक्षहरुबीचमा तादाम्यता मिल्नु जरुरी छ,’ उनले भने,‘शिक्षक विद्यार्थी र अभिभावकले सबैले आफ्नो दायित्व पूरा गर्ने हो भने शिक्षाले उपलब्धी दिन्छ ।’

सामुदायिक विद्यालयमा राज्यले ठूलो लगानी गरे पनि लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको उनीहरुको भनाई थियो । ‘राज्यले ठूलो लगानी गरेका सामुदायिक शिक्षाले अपेक्षा अनुसारको उपलब्धी दिन सकेको छैन,’ उनीहरुले भने,‘सरोकार निकायले चासोका साथ आफ्नो काम गर्नुपर्नेछ ।’ कार्यक्रममा शिक्षक अन्तरक्रियामा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, अभिभावक अन्तरक्रियाको काठेखोला गाउँपालिकाका स्रोत व्यक्ति रामानन्द कँडेल र विद्यार्थी अन्तरक्रियामा धौलागिरि क्याम्पसका उपप्राध्याक दिपक प्रसाद शर्मा कँडेलले सहजीकरण गरेका थिए ।

लेखानी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द कँडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, काठेखोला गाउँपालिकाका स्रोत व्यक्ति रामानन्द कँडेल, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, विद्यालयका सल्लाहकार सदस्य रुद्र श्रेष्ठ, शिक्षक महेन्द्र कँडेल आफ्ना धारणा राखेका थिए । कार्यक्रमको स्वागत सञ्चालन विद्यालयका प्रधानाध्यापक खिमानन्द कँडेलले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here