शिक्षक संघको ३५ औं स्थापना दिवसमा दीप प्रज्वलन

बागलुङ, ३१ बैशाख । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन गरिएको छ ।

आईतबार नेपाल शिक्षक संघ बागलुङको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नेपालको विभिन्न राजनीतिक परिवर्तनमा शिक्षकहरुको ठूलो भूमिका रहेको बताए ।

‘नेपालको हरेक परिवर्तनमा शिक्षकहरुको ठूलो भूमिका छ,’ उनले भने,‘गाउँ गाउँमा राजनीतिक दलहरु प्रवेश गर्न नसक्ने अवस्थामा शिक्षकहरुले नै परिवर्तनको बीउ रोप्ने काम गर्नुभएको थियो ।’ उनले अब नेपालको आर्थिक विकासका लागि पनि शिक्षकहरुको रचनात्मक र सिर्जनात्मक भूमिकाको आवश्यकता रहेको बताए ।

‘हामीले राजनीतिक परिवर्तनहरु सकेर आर्थिक विकासको क्षेत्रमा अगाडि बढ्ने पर्यत्न गरिरहेका छौं,’ उनले भने,‘त्यसका लागि शैक्षिक विकास जरुरी छ । यसका लागि शिक्षक साथीहरुको रचनात्मक र सिर्जनात्मक भूमिका जरुरी छ ।’ नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वीरबहादुर किसानले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here