बागलुङ युनिटी क्लब जिल्ला लिगमा बढुवा

बागलुङ, २८ बैशाख । बागलुङ युनिटी क्लब जिल्ला लिगमा बढुवा भएको छ । नवप्रबेशी बागलुङ युनिटिले शनिबार जिल्ला लिग छनौट चरणको फाईनल खेलमा संयुक्त चार युवा क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै लिगमा बढुवा भएको हो ।

बागलुङ युनिटीलाई लिगमा छनौट गराउन बरदान थापाले २ र सन्दिप भण्डारीले १ गोल गरे । खेलको २७ औ मिनेटमा बरदान थापाको गोलबाट अग्रता लिएको युनिटीको लागि ३० औ मिनेटमा सन्दिप भण्डारीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

युनिटीका बरदान थापाले आफ्नो लागि दोस्रो र टिमको गोलअन्तर तेब्बर बनाए । तीन गोलले पछि परेपछि निराश बनेको संयुक्त चारले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न भने सकेन् ।

विजेता टोली युनिटीले ट्रफी प्राप्त गरेको जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए । जिल्ला लिगमा बढुवाका लागि नकआउट चरणमा युनिटी, संयुक्त चारसंगै तमान युवा क्लब, अमर आदर्श क्लब, आदर्श विद्यामन्दिर खेलकुद क्लब र बागलुङ एकता क्लबले प्रतिष्पर्धा गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here