बागलुङबाट तनहुँ जाँदै गरेको बस दुर्घटना, १६ जना घाईते

बागलुङ, १५ बैशाख । बागलुङबाट तनहुँ जाँदै गरेको बस हेम्जामा दुर्घटना भएको छ ।

बागलुङबाट तनहुँ जाँदै गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७:३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले बसमा ३६ जना यात्रु सवार रहेको र १६ जना यात्रु घाईते भएको जानकारी दिए ।

घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

सच्चाइएकोः बागलुङबाट तनहुँ जाँदै गरेको बस हेम्जामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।
–सम्पादक

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here