
बागलुङ, १५ बैशाख । कालीगण्डकी करिडोर अन्तगतका होटल व्यवसायी तथा कर्मचारीहरुको लागि शनिबारदेखि म्याग्दीमा दुई दिने तालिम संचालन गरिएको छ ।
म्याग्दीको ग्लोश्वरमा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा संचालित होटल व्यवसायीहरुलाई ‘स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाह’ सम्बन्धी तालिम संचालन गरिएको हो ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा होटल संचालक सहित कार्यरत कामदार र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिम संचालन गरिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । उहाँले छिमेकी मुलुक चिनसँगको उत्तरी नाका कोरलादेखि दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणस्म्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाईफलाईनका रुपमा रहेको बताउँदै उक्त क्षेत्र हुँदै यात्रा गर्ने पर्यटकहरुलाई होटलमा स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाह गर्नको लागि तालिमले सहयोग पु¥याउने बताउनुभयो ।
अध्यक्ष चोखालले पर्यटन विकासबाट देशको मजबुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवशयकतालाई मध्यनजर गरी तालिम संचालन गरिएको बताउनुभयो । तालिममा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका होटल व्यवसायी, कामदार र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको छ । अध्यक्ष चोखालले खाद्य स्वच्छता, सरसफाई र पोसााक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारी बिचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन र स्थानीय उत्पादनको व्यावसायिकरणका विषयमा तालिम संचालन हुने बताउनुभयो ।
तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतलेसहजीकरण गर्नुहुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो । तालिमको उद्घाटन बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले गर्नुभएको थियो ।









