
बागलुङ । शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङमा गठित थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन हुने भएको छ । चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले पत्रकार सम्मेलनको आयोजना गरि बैशाख १५ गते बागलुङ बजारमा थ्री जिरो क्लबको प्रथम सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
सो अवसरमा पौडेलले वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकास कार्यक्रमको अवधारण, यसको आवश्यकत, महत्व, सुचक र सञ्चालन हुने क्रियाकलाप तथा थ्रि जिरो क्लवको अवधारण, थ्रि जिरो क्लव किन रु नेपाली युवाका वर्तमान समस्या, चुनौती र अवसरथ्रि जिरो क्लवले गर्ने क्रियाकलाप, स्थानीय तहसंगको सम्वन्ध लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
गरिबी बेरोजगारी र कार्वन रहीत समाजको सृजना गर्ने उदेश्यले चारतारे युवा क्लब नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले बागलुङले जिल्लाका बिभिन्न बिद्यालय तथा क्याम्पसमा थ्री जिरो क्लब गठन गरिरहेको छ । पत्रकार सम्मेलनमा सस्थाले वातावरण मैत्री नमुना गाउँ बनाउनका लागि ९ वटा गाउँको आधारभूत सर्वैक्षण गरिरहेको समेत जानकारी गराइएकोे थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना लगायतले धारणा राखेका थिए ।
सिवाईसी नेपालका अध्यक्ष चण्डी शर्माको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष सीता सापकोटाको स्वागत र सहकारीका सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।









