काठेखोलामा सहकारीहरुको अनुगमन

बागलुङ, १४ बैशाख । काठेखोला गाउँपालिकाले सहकारीहरुको अनुगमन सुरु गरेको छ । गाउँपालिकाले सोमबारदेखि पालिकामा मुख्य कार्यालय र सेवा केन्द्र रहेका सहकारीहरुको अनुगमन सुरु गरेको हो ।

गाउँपालिकाका सहकारी शाखा प्रमुख प्रकाश पौडेलका अनुसार बैशाख १० गते वडा नम्बर १ पालाका ४ वटा सहकारीको अनुगमन गरिएको थियोभने १२ गते वडा नम्बर ३ भीमापोखराका ६ वटा सहकारीको अनुगमन र १३ गते वडा नम्बर ३ धम्जाका ५ वटा सहकारीको अनुगमन गरिएको थियो । प्रमुख पौडेलले शुक्रबार वडा नम्बर ४ तंग्राममा रहेका सहकारीहरुको अनुगमन गरिने बताए ।

सहकारीहरुले संघिय संरचनाअनुसार विनियम संशोधन वा पुनर्लेखन गरे नगरेको, साधारणसभा नियमित समयमा गरे नगरेको, संचालक समितिको बैठक, ऋण लगानी गर्दा तमसुक बनाउने गरे नगरेको, साधारणसभामा बहुमत सदस्यको उपस्थिति, कोष बाँडफाँड गर्ने गरेको छ छैन र लगानी कुन उद्देश्यमा गरेको छ भन्ने बारेमा अनुगमन गरिएको शाखा प्रमुख पौडेलले बताए । उनले सहकारीहरुमा देखिएका समस्याको पहिचान र संस्था राम्रो बनाउन सकिने बारेमा सुझाव र समाधानको बारेमा छलफल गरिएको बताए । शाखा प्रमुख पौडेलले सहकारीको समस्या समाधानको लागि पालिकाले गर्नुपर्ने पहलका बारेमा पनि छलफल गरिएको जानकारी दिए ।

काठेखोला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष खडक थापा, वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण पुन, वडा नम्बर ६ का अध्यक्ष बृहस्पति शर्मा र गाउँपालिकाका सहकारी शाखाप्रमुख प्रकाश पौडेल र नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघ र जिल्ला सहकारी संघका संचालक खिम बहादुर कार्कीले सहकारीहरुको अनुगमन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here