बागलुङ, ६ बैशाख । बागलुङमा श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीलाई घाईते गराएका छन् ।
बागलुङ नगरपालिका–२ का ३५ बर्षिय अर्जुन बहादुर सार्कीले श्रीमती ३२ बर्षिय गिता आलेलाई बुधबार राती धारिलो हतियार (खुकुरी प्रहार गरी घाईते गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।
घरायसी विवादको कारण सार्कीले श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते गराएको डिएसपि यादवले बताए । उनले घाईते आलेको धौलागिरी अस्पताल बागलुङमा प्रथामिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको जानकारी दिए । डिएसपि यादवले घाईते आलेको अवस्था मध्यम रहेको बताए ।
श्रीमान सार्कीलाई प्रहरीले बुधबार राती नै पक्राउ गरेको छ । डिएसपि यादवले श्रीमान सार्कीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिए ।









