कालीका कप भलिबलको उपाधिको लागि आर्मी र बागलुङ घुम्टे भिड्ने

बागलुङ, ६ चैत्र । चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधिको लागि विभागिय टोली त्रिभुवन आर्मी क्लब र बागलुङ घुम्टे रेष्टुरेण्ट भिड्ने भएका छन् ।

फाइनल खेल आज (बिहिबार) दिउँसो हुनेछ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा आर्मीले कस्तुरी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । आमीले २५–१६, २५–१८ र २५–१७ ले सहज जित हात पार्यो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बागलुङ घुम्टेले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ । चार जना विदेशी खेलाडी मैदान उतारेको बागलुङ घुम्टेले २५–१८, २५–१७ र २५–१६ ले तीनै सेटमा जित निकाल्यो ।

बिहिबार (आज) प्रतियोगिताको फाइनल खेल त्रिभुवन आर्मी क्लब र बागलुङ गल्कोट रेष्टुरेण्ट विच हुनेछभने तेस्रो स्थानको लागि कस्तुरी युवा क्लब र कालिका युवा क्लब प्रतिस्पर्धा गर्ने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तृतीयले १ लाख पुरस्कार प्राप्त गर्ने भलिबल खेल संयोजक अर्जुन खड्काले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here