
बागलुङ, ५ वैशाख । अन्तर कलेज स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
हाइकर्स युनाईटेड बागलुङले नयाँ वर्ष २०८१ र चैते दशैं २०८० को अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा बुधबार न्यू ओएसिसले फ्युचर ब्राईटर माध्यमिक विद्यालयलाई २४–१६ ले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि विजेता र उपविजेता टिमले क्रमशः १५ हजार ५ सय ५५ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू ओएसिसका यश रायमाझी बनेभने सर्वाधिक स्कोरर न्यू ओएसिसकै एलोन रोक ाबनेका छन् ।
मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बागलुङ बजारका ७ विद्यालयका ८ टिमको सहभागिता रहेको थियो । खेल समापन कार्यक्रम हाइकर्स युनाईटेड बागलुङका अध्यक्ष प्रवेश शर्माको अध्यक्षता र सचिव रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।









